भारतका वर्षा प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द
एजेन्सी । लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन् ।
दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाचल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लाहरूमा विगत २४ घण्टादेखि भारी वर्षा भइरहेको छ र आगामी केही दिनसम्म पनि भारी देखि अति भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।
तेलङ्गाना सरकारले भारी वर्षाका कारण राज्यका सबै शैक्षिक संस्थाहरूमा बिहीबारदेखि दुई दिनका लागि बिदा दिने निर्णय गरेको राज्यका शिक्षामन्त्री सबिता रेड्डीले ट्वीट गरेकी छिन् ।
तेलङ्गनाको राजधानी हैदरावादमा बिहीबार बिहान पानी जमेका कारण लामो ट्राफिक जाम भएको बताइएको छ ।
यस्तै, लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको जोखिमका कारण हिमाञ्चल प्रदेशका केही भागमा जुलाई २० देखि २२ सम्म सबै विद्यालय र शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।
विगत केही दिनदेखि आएको भीषण बाढीलाई ध्यानमा राख्दै महाराष्ट्र राज्यका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरेको हो । विशेष गरी राइगढ जिल्ला, आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन् ।
राइगढमा पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै कैयौँ मानिस अझै फसेको आशङ्का गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया