पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समिति सभापतिमा खान सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका अब्दुल खान प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट हुँदा यो समिति जनमतको भागमा परेको थियो । भागबण्डामा रास्वपालाई समेटिएको थिएन ।
आइतबार मनोनयन दर्ताको समय तोकिएकोमा रास्वपाका पराजुलीले भने उम्मेदवारी दर्ता गराएका थिए । अन्य ९ वटा समितिमा सर्वसम्मत भएपनि यो समितिमा निर्वाचन गर्नु पर्ने थियो ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया