परराष्ट्र मन्त्रालयले भन्यो : नेपालको सदनले पारित गरेको नक्सा छिमेकी राष्ट्रले सम्मान गर्नुपर्छ

काठमाडौं । चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको अतिक्रमित भूमि नसमेटिएको विषयमा परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सदनबाट सर्वसम्मतले पारित भएको नयाँ नक्सामा नेपाल कटिबद्ध रहेको जनाएको छ ।
अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएको उक्त नक्सालाई छिमेकी मुलुकले र अन्तर्राष्ट्रिय समुदायलेसमेत सम्मान गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
यसका साथै सीमा विवादका विषयलाई संवाद र कुटनीतिमार्फत समाधान गर्न प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
प्रतिक्रिया