बालेनले किन दिए सिंहदरबार जलाउने धम्की ?

काठमाडौं । महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस र उत्तेजकपूर्ण अभिव्यक्ति दिएका छन् ।
शनिबार कागजातबेगर सरकारी गाडी सञ्चालन गरेको भन्दै काठमाडौं महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि उक्त गाडी आइन्दा कागजातबेगर शनिबार नचलाउनू भन्दै छाडिएको थियो । त्यसकै आक्रोसमा बालेनले सिंहदरबार जलाउने धम्की दिएका हुन् ।
स्रोतका अनुसार, उक्त गाडीमा प्रसव वेदनाले छट्पटाइरहेकी बालेनपत्नी सवार थिइन् । ब्यथाले च्यापेपछि उनलाई महानगरपालिकाकाे गाडी प्रयाेग गरेर अस्पताल लगिदै थियाे । अस्पताल पुगेपछि उनले छाेरीलाई जन्म दिएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार राति एक पोस्ट् लेख्दै उनले सरकारले फेरि पनि आफ्नो गाडी यसै गरी अवरोध गरे सिंहदरबारमा आगो लगाइदिने उल्लेख गरेका छन् ।
‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु,’ बालेनको आक्रोस छ ।
उनले संघीय सरकारलाई चोरको संज्ञा दिँदै यो कुराको याद राख्न पनि सुझाएका छन् ।
सरकार र अन्य दलका नेताप्रति बालेनको यस्तो आक्रोसपूर्ण अभिव्यक्ति नयाँ होइन । यसअघि पनि उनले राजनीतिक दलका नेता र संघीय सरकारप्रति यस्तै आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए । तर व्यक्तिगत घटनासँग सम्बन्धित भएर यस्तो अभिव्यक्ति दिएको भने पहिलो घटना हो ।
ताजा अपडेट
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
प्रतिक्रिया