दुर्घटनामा एमाले ढोरपाटन नगर कमिटी अध्यक्षको निधन

बागलुङ । जिल्लाको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो । उनी नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ । घाइतेको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै गरेको हवारीले बताए ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया