३ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं । सरकारले तीन कम्पनीलाई कालोसूचीमा राखेको छ । कबुलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्ष कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेकामा श्री मनिषा एस.एस कन्स्ट्रक्सन प्रालि, एभोकाडो क्याफे प्रालि र ड्रागन हस्पिटालिटी एण्ड क्याटरिङ सर्भिस प्रालि छन् । मनिषालाई दुल्लु नगरपालिका र एभोकाडो तथा ड्रागनलाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सिफारिसमा क्रमशः तीन र एक वर्ष कालोसूचीमा राखिएको हो ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै यी कम्प्नीले सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने उल्लेख गरेको छ ।
हेर्नुहोस् सूचना
प्रतिक्रिया