युरोपेली मुलुकले गरे ३८ रुसी कूटनीतिज्ञलाई निष्काशन
द हेग । मंगलबार युरोपका विभिन्न मुलुकले थप ३८ कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएका छन् । यसमा नेदरल्यान्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ । साथै बेल्जियमले पनि २१ कूटनीतिज्ञलाई र चेक रिपब्लिकले १ जनालाई ७२ घण्टाभित्रै देश छोडेर जान भनेको छ ।
त्यस्तै, आयरल्यान्डले चार वरिष्ठ रुसी अधिकारीहरूलाई कूटनीतिक व्यवहारको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गतिविधि नगरेका कारण देश छोड्न भनिएको बताएको छ । पोल्याण्डले पनि गत साता जासुसी गरेको भन्दै ४६ जना रुसीहरूलाई निष्कासन गरेको थियो ।
कूटनीतिक मर्यादा र जिम्मेवारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो । यी देशका विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएका छन् ।
युक्रेनमा रुसले आक्रमण गर्न सुरु गरेदेखि धेरै देशहरुले रुसी कूटनितिज्ञलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया