सुन तस्करीमा संलग्न भएको आरोपमा काठमाडौंमा एक युवक पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा काठमाडौंमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाको विगु गाउँपालिका १ का राज तामाङलाई पक्राउ गरेको हो । उनले दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुई दिनअघि दोलखामा चार किलो सुन बरामद गरी पाँच जनालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा तस्करीमा थप व्यक्तिको संलग्नता खुलेको छ । साथै उनीहरुले ठूलो मात्रामा सुन तस्करी गरेको समेत पाइएको छ ।
प्रतिक्रिया