अभिनेता अनमोल केसी रिहा, प्रहरी आलोचित

काठमाडौं । अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा भएका छन् । सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई आइतबार साँझ प्रहरीले रिहा गरेको हो ।
गत शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई पक्राउ गरेको थियो । रावायण” फिल्म खेल्न भनेर १० लिएर लिएर फिल्म नखेलेको भन्दै उनीविरुद्ध फिल्मका निर्माताले उजुरी गरेका थिए । आइतबार अदालत उपस्थित गराई उनको म्याद मिलान गरिएको थियो । पीडित पक्षसँगको समेत सहमतिमा उनलाई रिहा गरिएको प्रहरी स्रोत बताउँछ ।
सामान्य प्रकृतिको लेनदेनको विषयमा अभिनेता केसीलाई पक्राउ गरेकोमा आलोचना भएपनि प्रहरी पनि दबाबमा परेको थियो । फिल्मको सामान्य लेनदेनको विषयमा अपराध अनुसन्धान कार्यालयले आपराधिक विश्वासघात मुद्दामा जाहेरी दर्ता गरेर उनीविरुद्ध कारबाही अघि बढाएको थियो ।
प्रतिक्रिया