NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ११ गते

प्रहरी बनिन् मोडल अञ्जली अधिकारी ! (तस्बिरहरू)

काठमाडौं । अहिलेको चल्तीकी मोडल हुन्, अञ्जली अधिकारी । प्रकाश सपुतको गीत ‘गलबन्दी च्यातियो तिमले तानेर…’ बाट स्थापित अञ्जलीले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन ।

धेरैको रोजाइमा परेकाले होला, उनलाई म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न भ्याई–नभ्याई छ । यस वर्षको तिजमा अञ्जलीले अभिनय गरेको ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स…’ निकै चल्यो ।

उनै अञ्जली हालै प्रहरी बनेकी छन् । अञ्जली रियलमा नभएर रिलमा प्रहरी बनेकी हुन् । एउटा दशैंसम्बन्धी गीतको म्युजिक भिडियोमा प्रहरी बनेकी अञ्जलीलाई युनिफर्म निकै सुहाएको छ । सशस्त्र प्रहरीको युनिफर्ममा अभिनयपछि उनले केही तस्बिर साझा गरेकी छन् ।

हेरौं, केही तस्बिरहरू

 

ताजा अपडेट

नेपालवाच विशेष