प्रहरी बनिन् मोडल अञ्जली अधिकारी ! (तस्बिरहरू)

काठमाडौं । अहिलेको चल्तीकी मोडल हुन्, अञ्जली अधिकारी । प्रकाश सपुतको गीत ‘गलबन्दी च्यातियो तिमले तानेर…’ बाट स्थापित अञ्जलीले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन ।
धेरैको रोजाइमा परेकाले होला, उनलाई म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न भ्याई–नभ्याई छ । यस वर्षको तिजमा अञ्जलीले अभिनय गरेको ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स…’ निकै चल्यो ।
उनै अञ्जली हालै प्रहरी बनेकी छन् । अञ्जली रियलमा नभएर रिलमा प्रहरी बनेकी हुन् । एउटा दशैंसम्बन्धी गीतको म्युजिक भिडियोमा प्रहरी बनेकी अञ्जलीलाई युनिफर्म निकै सुहाएको छ । सशस्त्र प्रहरीको युनिफर्ममा अभिनयपछि उनले केही तस्बिर साझा गरेकी छन् ।
हेरौं, केही तस्बिरहरू
ताजा अपडेट
-
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
-
दराजकाे नयाँ अप्सन ‘च्वाइस’, ग्राहकले पाउँनेछन् विशेष अफरसहित फ्रि डेलिभरी सुविधा
-
औद्योगिक क्षेत्रमा ब्युँतियो लोडसेडिङ, अन्यत्र के होला ?
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती
प्रतिक्रिया