कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

गण्डकी । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् ।
प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो ।
खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
स्याङजा को प्रदेश २ (ख) का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताए । प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताए । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया