पार्कमा रहेको तालमा डुबेर पाँच बालबालिकाको मृत्यु

केन्या । पश्चिमी केन्याको उसिन गिशु काउन्टीस्थित एक लोकप्रिय मनोरञ्जन पार्कमा मनोरञ्जनका लागि बनाइएको तालमा घुम्ने क्रममा शनिबार डुङ्गा पल्टिँदा केन्याका पाँच बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अराप मोई प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरूका शिक्षकहरू मानव निर्मित बाँधमा डुङ्गा यात्राका लागि पार्कमा गएका थिए । डुङ्गा दुर्घटना स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेतिर भएको थियो ।
प्रहरीका अनुसार आक्रोशित अभिभावकले पार्कको लापर्बाहीका कारण आफ्ना छोराछोरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि उक्त क्षेत्रमा थप तनाव सिर्जना भएको छ ।
प्रहरीका अनुसार सोमबारदेखि सुरु हुने परीक्षाको तयारी पूर्व दिमागी तनाव कम गर्न विद्यार्थीहरू मनोरञ्जन पार्कमा पुगेका थिए ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया