गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ ।
युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान’ बताएका हुन् ।
युनिसेफका कार्यकारी निर्देशक रसेलका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार ३०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । “यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक छ,” उनले भने ।
इजरायल र हमासले गाजामाजारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार सम्झौता भएको छ ।
इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो ।
इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया