प्रहरीभित्र अराजकताः असइले हानेको गोली लागेर जवान घाइते, एसपीले एक सातापछि थाहा पाए

महोत्तरी । प्रहरीभित्र अनुशासनहीता र अराजकता कुन हदसम्म बढेको छ भने असइले हानेको गोली लागेर जवान घाइते हुन्छन्, एसपीले एक सातापछि मात्र घटनाको जानकारी पाउँछन् । यस्तो अवस्था आएको छ महोत्तरीमा छ ।
कात्तिक ३० गते राति एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वरप्रसाद यादव हानको गोली लागेर प्रहरी जवान राजेशकुमार साह घाइते भएका थिए। जून विषयमा बल्ल छानबिन सुरु भएको छ । आइतबार असई यादब निलम्बनमा परेका छन् ।
असइ कारबाहीमा पर्ने भएपछि घटना गुपचुप बनाइएको हो ।
जून कुरा महोत्तरीका एसपी प्रकाश मल्लले समेत थाहा पाएनन् । प्रहरी जवान साहलाई भारतमा उपचारका लागि लगिएको थियो। त्यसबारेमा भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोनमार्फत जानकारी दिएपछि घटना बाहिरिएको हो। यसले प्रहरीको कमजोर कमाण्ड पनि बाहिर आएको छ ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया