इजिप्टसँग आर्थिक सम्बन्ध मजबुत बनाउन पाकिस्तानद्वारा कायरोमा व्यापार सम्मेलन
एजेन्सी । पाकिस्तानले इजिप्टसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन इजिप्टको राजधानी कायरोमा पाकिस्तान-अफ्रिका व्यापार सम्मेलन आयोजना गरेको पाकिस्तानी वाणिज्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानले इजिप्टमा सयभन्दा बढी कम्पनी सहित चौथो पाकिस्तान-अफ्रिका व्यापार विकास सम्मेलन तथा प्रदर्शनी मङ्गलबारदेखि बिहीबारसम्म चल्ने मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
पाकिस्तानका दुई सयभन्दा बढी व्यवसायीहरू इन्जिनियरिङ सामान, खाद्य तथा कृषि सेवाहरू जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै, व्यापार सहकार्यमा सहभागी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मध्ये पूर्व र उत्तर अफ्रिकी क्षेत्रका एक सय ५० भन्दा बढी प्रमुख व्यवसायी एवं चेम्बर प्रतिनिधिहरू काइरोमा भेला हुने छन् । मन्त्रालयका अनुसार, सम्मेलन अफ्रिकाको व्यापार नीतिसँग मिल्दोजुल्दो छ । जसले दक्षिण अफ्रिकाको जोहानेसबर्ग, नाइजेरियाको लागोस र केन्याको नैरोबीमा महत्त्वपूर्ण व्यावसायिक लाभहरू दिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया