न्युयोर्कमा गोलीकाण्ड, एकको मृत्यु, दुई घाइते
काठमाडौं (एजेन्सी) । अमेरिकामा गोलीकाण्ड हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
न्युयोर्कमा भएको घटनामा १६ वर्षीया किशोरीको मृत्यु भएको हो । अन्य दुई जनालाई पनि गोली लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिबिसीले घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।
बन्दुक राख्न दिने कानूनका कारण अमेरिकामा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । बढ्दो विकृति रोक्न यो नियम परिमार्जनको बहस नउठेको होइन, तर त्यसले आकार भने लिन सकेको छैन ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया