युक्रेनमा फेरि अर्को सामूहिक चिहान फेला
काठमाडौं । युक्रेनमा फेरि अर्को सामूहिक चिहान फेला परेको छ । युक्रेनको राजधानी किएभनजिकै नयाँ सामूहिक चिहान फेला परेको हो ।
बुजोभा गाउँनजिकै फेला परेको चिहानमा दर्जनौं गैरसैनिकका शव फेला परेको जनाइएको छ । बिबिसीका अनुसार, एउटा पेट्रोल पम्प नजिकै खाल्डोमा पुरिएको अवस्थामा शवहरू भेटिएका छन् । यसबाहेक किएभनजिकका अन्य स्थानमा पनि सामूहिक चिहान भेटिएको युक्रेनले दाबी गरेको छ । यी क्षेत्रमा केहीअघिसम्म रुसी फौजले कब्जा जमाएको थियो ।
तथापि, अहिलेसम्म यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । विश्व समुदायले भने युद्ध अपराधको आरोप लगाउँदै रुसको निन्दा गरेका छन् । तर रुसले यसको खण्डन गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया