ललितपुर महानगर : मेयरको उम्मेदवारमा एमालेबाट व्यञ्जनकार नै दोहोरिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ललितपुर महानगरपालिकाको मेयर (प्रमुख)मा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीमा निर्वाह गरेको भूमिकाको आधारमा उनलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेले जनाएको छ ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचन व्यञ्जनकार नेपाली कांग्रेसका चिरिबावु महर्जनसँग ३३६ मतले उनी पराजित भएका थिए ।
व्यञ्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य र ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया