बानेश्वरमा रश्मीको धन्दाः खाजाघरमा किशोरी राखेर वेश्यावृत्ति

काठमाडौं । खाजा घरको आवरणमा वेश्यावृत्ति धन्दा चलाउने युवती पक्राउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोटको ककनी घर भई बानेश्वर बस्ने रश्मी लामालाई पक्राउ गरेको छ ।
वानेश्वरको बसन्तनगरमा उनले दिदीको खाजाघर नामक रेष्टुरेन्ट चलाएकी छिन् । जहाँ १८ वर्ष भन्दा कम उमेरका किशोरीलाई समेत राखेर यौनधन्दामा लगाइएको प्रहरीले जनाएको छ । किशोरीहरुलाई ग्राहकहरुलाई होटलमा समेत पठाउने गरेकी थिइन् । आधा रकम दिने आश्वासन दिएपनि सबै रकम आफैं राख्दै आएकी थिइन् । प्रतिग्राहक पाँ हजारदेखि आठ हजार रुपैयाँसम्म लिदै आएको अनुसन्धानमा खुलेको छ । उनीविरुद्ध मानव बेचबिखन कसुरमा कारबाही अघि बढाइएको एसपी गौतम मिश्रले बताए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया