NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सानेपा र स्वयम्भुमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं र ललितपुरमा मंगलबार भएका दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् ।
मंगलबार बिहान साढे ५ बजे सानेपाको स्टार अस्पताल अगाडि मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरि बस्ने २४ वर्षीय विजय घिसिङको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा ३७ वर्षीय सञ्जयकुमार घिसिङ घाइते छन्।
उता, काठमाडौं महानगरपालिका–१५ भगवानपाउस्थित सडकमा बा.५ ख १४७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने गोरखा अजिरकोट गाउँपालिका घर भएका ३० वर्षीय विकास नेपालीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।