तीन सचिवको सरुवा

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले महालेखा नियन्त्रणमा विनोद प्रकाश सिंहलाई सरुवा गरेको छ । उनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत थिए ।
महालेखा नियन्त्रक हरिकुमार मैनालीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तथा स्वास्थ्यका मधुसुदन बुर्लाकोटीको वित्त आयोगमा पठाइएको छ ।
प्रतिक्रिया