विवादित एसपीसहित चार जना एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ । शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
एसपीहरु श्यामकृष्ण अधिकारी, भिम प्रसाद दाहाल, रबिन्द्र रेग्मी र नान्तीराज गुरुङको बढुवा सिफारिस भएको हो । उनीहरुमध्ये अधिकारी विवादास्पद प्रहरी अधिकारी हुन् । बाँकेको प्रमुख हुँदा आर्थिक अनुशासनसम्बन्धि विषयमा उनी कारबाहीमा परेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धान विभागबाट चलखेलका आधारमा स्थानान्तरण भएका उनी अकुत सम्पत्ति आर्जन गरेका अधिकृतका रुपमा चिनिन्छन् । स्थानीय तहको निर्वाचनमा उनी बाँकेबाट बिदामा तनहुँ आएर कांग्रेसका उम्मेदवार जिताउन सक्रिय भूमिका खेलेका थिए । इमान्दार अधिकृतलाई छुटाएर उनको बढुवा सिफारिस गरेपछि धेरैले प्रश्न गरेका छन् ।
त्यस्तै, चार डिएसपीको पनि एसपीमा बढुवा सिफारिस भएको छ । प्रदीप क्षेत्री, एकनारायण कोइराला, नारायण रंजितकार र अनन्त शर्माको बढुवा सिफारिस भएको हो । उनीहरु चारै जना सिनियर भएको र यसअघि बढुवामा छुटेकाले एसपी बढुवामा भने कुनै विवाद भएको छैन ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया