भिजिट भिसामा चीनमा लगेर महिलाको बिक्रि

काठमाडौं । नेपाली युवतीलाई भिजिट भिसामा चीन लगेर बिक्रि हुन थालेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले यस्तो मानवतस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । ब्यूरोले उदयपुरकी सुन्दुरी राईलाई पक्राउ गरेको हो ।
उनले एक युवतीलायई फागुन १० गते चीन लगेकी थिइन् । त्यहाँ डेढ लाख रुपैयाँमा बिक्रि गरेर नेपाल फर्किएको अनुसन्धानमा खुलेको छ । चीनमा धनी केटासँग विवाह गरिदिने भन्दै उनलाई लगिएको थियो । त्यहाँ बन्धक बनाएर यौन शोषण गरेपछि चिनियाँ दूतावासको समन्वयमा गत ९ असारमा उद्धार भएको थियो । नेपाल आएपछि प्रहरीमा उजुरी दिएकी हुन् ।
घटनामा संलग्न चिनियाँ नागरिक लगायतमाथि थप अनुसन्धान भइरेहको ब्यूरोका एसपी गौतम मिश्रले बताए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया