के गर्दैछ सिडिएस एण्ड क्लियरिङ ?

काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड केन्द्रीय निक्षेपको रूपमा स्थापित कम्पनी हो । ०६४ मा स्थापना भएको लिमिटेडका दुई मुख्य काम छन् । एउटा छ, केन्द्रीय निक्षेप प्रणालीसँग सम्बन्धित । यो सिस्टमले लगानीकर्ताले पेपेरमा लिएर बसेको सर्टिफिकेटको सुरक्षा गर्छ । जसरी बैंकमा क्यासलाई फण्डमा रूपान्तरण गरी खाता मेन्टेन गरेर राखिएको हुन्छ, त्यसैगरी सिडिएसीमा पनि अकाउन्ट भएका लगानीकर्ताको सुरक्षा गरिएको हुन्छ । मेन्टेन भएकालाई कसरी कामकारबाही अगाडि बढाउने भनेर सिडिएसको १२२ डिपीहरू रहेको छ । लगानीकर्ताले आफ्नो धितोपत्रको हस्तान्तरणदेखि कर्जाको माग, बन्धकी, ट्रान्सफरलगायत सेवा डिपीमार्फत पाउन सक्नु हुन्छ ।
सिडिएसीको अर्को मुख्य काम क्लियरिङ एण्ड सेटलमेन्ट हो । नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजारमा हुने कारोबारको टी प्लस टू चक्रमा सेटलमेन्ट सिडिएसीले गर्दै आइरहेको छ ।
क्लियरिङ एण्ड सेटलमेन्ट भनेको राफसाफ तथा फछ्र्योट हो । लगानीकर्ताहरूले सेकेण्डरी मार्केटमा गर्नुभएको कारोबार तब पूरा हुन्छ, जब सेयर बिक्रेताले आफ्नो पैसा पाउँछन् ।
दोस्रो बजारमा कारोबार (किनबेच) भएपछिको काम सिडिएस एण्ड क्लियरिङबाट सुरु हुन्छ । टिप्लसटुको चक्र भएको भएर टि.डेमा कारोबार हुन्छ । टिप्लस वान र टिप्लस टूमा लगानीकर्ताको फण्ड टान्सफर हुन्छ । जुन निश्चित कोल्याटल राखेर कारोबार गरिएको हुन्छ । बाँकी फण्ड टान्सफर गर्नको लागि टि प्लस टूको समय दिएको हुन्छ । त्यसमा आफ्नो पुँजीगत लाभको इन्पुट राख्नुपर्छ ।
आफूसँग भएको सेयर कारोबारपछि दोस्रो चरणमा टान्सफर गर्नुपर्छ । टन्सफर भइसकेपछि पूर्ण सेटलमेन्टको लागि सिडिएसीमा टिप्लस टूको १२ बजे सेटलमेन्ट चक्र सुरु हुन्छ । यो लगभग एक घण्टाको प्रक्रिया हो । यो प्रक्रियामा सिडिएसीले त्यो कारोबारलाई पूरै वैधानिकता प्रदान गर्छ । सबै प्रक्रिया पूरा भएपछि बिक्रेताले आफ्नो पैसा र खरिदकर्ताले आफ्नो सेयर पाउनुहुन्छ ।
समस्या र चुनौती
सिडिएसीले क्लियरिङ सेटलमेन्ट र डिपोजिटरीको काम गरेको १२ वर्ष भइसकेको छ । यहाँसम्म आइपुग्दा बजारमा त्यस्तो फरक प्रकारको उपकरण विकास भने भइसकेको छैन । खासै धेरै प्रडक्टहरू नभएको अवस्थामा सिडिएसीलाई क्लियरिङ सेटलमेन्ट र डिपोजिटरी दुवै काम एकैसाथ गराउन सकिन्छ । प्रडक्टहरू बढ्दै जाँदा फरक संस्थामा जानेभन्दा सिडिएसीलाई बलियो बनाएर नै गर्न सकिन्छ । यससम्बन्धमा हामी अध्ययन गर्दैछौं ।
थप सेवा सुविधा
पछिल्लो समय सिडिएसीमा सेवा सुविधा थप भए पनि हाम्रो मुख्य प्रणाली केन्द्रीय निक्षेप र क्लियरिङ सेटलमेन्ट नै हो । मेरो सेयर, सिआस्वा थप गरिएका सेवा जुन नेपालमै निर्माण गरिएको एप्लिकेशन हो, ले कोर सिस्टममा भार थप्नुभन्दा पनि कोर सिस्टमको डाटालाई प्रयोग गरेर लगानीकर्तालाई थप सेवा दिने सोचका साथ गरिएको हो । धेरैले सिडिएसीमा सेवा थपिँदा सिस्टम ‘स्लो’ भएको गुनासो गर्नुभएको छ । तर सेवा थप गरिएका कारण सिस्टम स्लो भएको होइन ।
कोर सिस्टम पनि कारोबारको भोलाटाइल मार्केट छ । कहिले एक लाख कारोबार हुन्छ भने कहिले तीन लाख । यस्तो हुनेबित्तिकै सेटलमेन्ट सिस्टम या डिपोजिट सिस्टममा धेरै प्राविधिक गतिविधिहरू भइरहेको हुन्छ । त्यसको स्तरवृद्धिको पाटो अर्कै छ । हामीले थप सर्भिसको छुट्टै व्यवस्थापन गरेको छौं, यसले ह्याम्पर हुँदैन ।
डेटाको सुरक्षा
सबै लगानीकर्ताहरूको इन्फरमेसन सिडिएसीमा छ । एक हिसाबले यो सिडिएसीको सम्पत्ति हो । यसको सुरक्षा गर्ने जिम्मेवारी सिडिएसीको नै हो । कारोबारको लागि होल्डिङ्सहरू जाँच गर्नुपर्छ । त्यही भएर सिडिएसीमा भएका लगानीकर्ताको डेटाहरू नेपाल स्टक एक्सचञ्जसँग पनि सेयर भएको हुन्छ । कारोबारको लागि टिएमसएसमा जाने डेटाहरू सिडिएसीबाटै उता एप्लिकेशन हुन्छ । डाटाको गोपनीयता, सुरक्षाका लागि सिडिएसीले पूर्ण जिम्मेवारी लिएको हुन्छ । त्यसका लागि छुट्टै टेक्नोलोजी समेत छ । यसमा सिडिएसीले पर्याप्त काम गरेको छ । त्यसैले लगानीकर्ता आफ्नो डेटा दुरूपयोग होला भनेर डराउनु पदैन ।
क्लियरिङ मेम्बर र डिपोजरी पार्टिसिपेन्ट
सिडिएसीको मुख्य मेम्बर डिपोजिटरी पार्टिसिपेन्ट (निक्षेप सदस्य) हुन् । अहिले हामीसँग ११२ डिपोजिटरी पार्टनर आबद्ध हुनुहुन्छ । डिपीमार्फत नै लगानीकर्ता सिडिएसीमा जोडिएका हुन्छन् । हितग्राही खाता खोल्ने, धितोपत्र नामसारी गर्ने, निक्षेप राख्ने काम डिपीले गर्छ । यस्तै सिडिएसीको माध्यमबाट डिपीले डिम्याट सेवा पनि प्रदान गर्छ ।
अर्को क्लिेयरिङ मेम्बर । सबै ब्रोकर कम्पनीहरू क्लियरिङ मेम्बर हुन् । उहाँहरू लाइसेन्स लिएर राफसाफ तथा फछ्र्योटको काम गरिरहनुभएको छ । उहाँहरूले नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएपछि पुँजीगत लाभ करको लागि सिडिएसीको कोर सिस्टममा इन्ट्री गरिदिनुहुन्छ । लगानीकर्ताले जति करको लागि फाइलिङ गर्नुहुन्छ उहाँहरूले त्यति नै सिडिएसीमा इन्ट्री गरिदिनुहुन्छ । सेटलमेन्ट फाइनल भएपछि खरिदकर्तालाई सेयर बिक्रेतालाई पैसा ट्रान्सफर गर्नुहुन्छ ।
समयमै पैसा नपाउने गुनासोको सम्बोधन
सेयर बेचेको पैसा समयमै पाएनन् भन्ने धेरै लगानीकर्ताको गुनासो आउने गरेको छ । हाम्रो काम कतिसम्म हुन्छ भने टिप्लस टूको दिनमा फाइनल सेटलमेन्ट सिडिएसीले गर्ने हो । त्यसपछि ब्रोकरको फण्ड पुल अकाउन्ट र हाम्रो सेक्युरिटीको पुल अकाउन्ट हुन्छ । सेक्युरेटिजको पुल अकाउन्टसमा सेयर ट्रान्सफर गर्ने फण्डको पुल अकाउन्टमा फण्ड टान्सफर गर्दिनेसम्मको कार्य सिडिएसीको हुन्छ । त्यसपछि लगानीकर्ताको सम्बन्ध ब्रोकरसँग नै हुने हो । कुन क्लाइन्टलाई कति दिने, सबै जाँच गरेर लगानीकर्तालाई टि प्लस टू को फाइनल सेटलमेन्टपछि ट्रान्सफर गर्ने जिम्मा ब्रोकरकै हो ।
समयमै पैसा खातामा नआउनुमा ब्रोकरको प्राविधिक समस्याको कारण हुन सक्छ । कुनै कम्पनीले जानजान गरेको छ भने नियमानुसार कारबाही गर्ने अधिकार सिडिएसीसँग छ । तर लगानीकर्ताको तर्फबाट पनि कमजोरी भएको हुन सक्छ । त्यसैले नयाँ लगानीकर्ताले ठीकसँग अद्यावधिक भएको छ कि छैन जाँच गरेर मात्रै डिपीमा आफ्नो इन्फरमेसनहरू बुझाइदिनुभयो भने क्लियरिङ मेम्बरले बैंक अकाउन्ट मिलेन भन्ने अवस्था सिर्जना हुन्थेन ।
अर्को ब्रोकर र आफ्नो सम्बन्ध पनि हेर्नुपर्छ । एकअर्काप्रति विश्वास पनि हुनुपर्छ । ढिला भएको छ भने कारण खोज्ने प्रयास गर्नुपर्छ । बोर्ड या सिडिएसीमा उजुरी गर्नुभन्दा पहिले एकअर्काबीच सल्लाह गर्दा समस्या हल भएर जान्छ । यसको अर्थ बोर्ड या सिडिएसीमा उजुरी नगर्ने भनेको होइन । हामी त छँदै छौ नि । तैपनि सुरुमै माथि दौडिनुभन्दा जुन च्यानलबाट कारोबार गरेको हो, त्यहीबाट समस्या समाधान खोज्ने र के भएको हो सल्लाह गर्ने ।
सिडिएसीको आगामी कार्ययोजना
सिडिएसीको पहिलो काम बजारको भोलुमवाइज ‘अडप्ट’ गर्नु परिरहेको छ । हामीले आइपिओको लागि सुरु गर्दाको समयमा २७ देखि ३० लाख लगानीकर्ताले एकै पटक अप्लाई गर्दा सुरुमा सम्हाल्न गाह्रो भए पनि चौथो दिनमा पूरा गर्यौं । त्यसको मेरुदण्ड भनेकै प्रविधि हो, पूर्वाधार हो । यसलाई नै हामीले व्यवस्थापन गर्ने हो । त्यसको स्तरवृद्धिको लागि निरन्तर लागिरहेका छौं ।
प्रविधि निरन्तर परिवर्तन भइरहन्छ । सेवामुखी संस्था भएपछि निरन्तर सेवा दिइराख्नुपर्छ । यदि एकैछिन मात्रै सेवा नपाउने हो भने यहाँ हानाहान भइरहाल्छ । यसैले सबै लगानीकर्ताले राम्रोसँग सुविधा उपभोग गर्न पाओस् भन्ने प्रमुख उद्देश्यसहित हामी काम गरिरहेका छौं ।
दोस्रो, हामीले केन्द्रीकृत केवाइसी पहिचानमा काम गरिरहेका छौं । यसबारे पहिल्यैदेखि कुरा भइरहे पनि कार्यान्वयनमा भर्खरै आएको हो । साउन १ गतेदेखिको नयाँ खातालाई हामीले केन्द्रिकृत केवाइसी नगरीकन खाता नखोल्नु भन्ने निर्देशन सबै डिपीहरूलाई दिइसकेका छौं । त्यो प्रयोगमा आएपछि ६३ लाख लगानीकर्ताको केवाइसीसम्बधी डेटा राम्रोसँग सुरक्षित हुन्छ ।
त्यस्तै हामीले ईभोटिङको लागि कम्पनी रजिस्ट्ररको कार्यालयसँग कुरा गरिसकेका छौं । पछिल्लो पटक पनि कम्पनी रजिष्ट्रारसँग कुरा हुँदा अघि बढ्ने सहमति जुटेको छ । यसबाहेकका अन्य सेवा थप्दै जानेबारे पनि छलफल भइरहेको छ ।
आस्वाको शुल्क २ रूपैयाँ रहेकोमा भर्खरै हामीले एक रूपैयाँमा झारेका छौं । त्यसो त, हामीले लिने शुल्क सबै सिडिएसीले लिँदैन । सिडिएसीको पार्टिसिपेन्टहरूलाई टान्सफर गर्ने हो । ९० प्रतिशत शुल्क डिपी टान्सफर हुन्छ भने १० प्रतिशत मात्रै हामीले लिने हो ।
(सापकोटा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी कामु प्रमुख कार्यकारी अधिकृत हुन् ।)
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया