शनिबारका पत्रपत्रिकाले के लेखे ?

शनिबारीय सामग्रीसहित बजारमा आएका दैनिक अखबारहरूले आज विविध विषय उठाएका छन् ।
कान्तिपुर दैनिकले ‘भोट किनेर भ्रष्टाचार’ शीर्षकमा खर्चिलो निर्वाचन प्रणालीबारे मुख्य समाचार बनाएको छ । ‘प्रतिनिधिसभामा निर्वाचित सांसदले चुनावमा औसत २ करोड १६ लाख खर्चेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । नेतृत्वलाई भेटी चढाएर टिकट किन्ने र मतदातालाई प्रभावित गर्न पैसाको खोलो बगाउने नेता पदमा पुग्नासाथ लगानीय उठाउन मात्र तल्लीन हुन्छन्,’ कान्तिपुर समाचारको निचोड छ ।
अन्नपूर्णले ‘राजनीतिको रसातल’ शीर्षकमा राजनीतिका विकृत पाटोबारे उत्खनन् गरेको छ ।
‘हामीले लोकतन्त्र ल्यायौं । अब्बल संविधान बनायौं । तर नेता शासक र जनतथा शासित हुने सीमारेखा तोड्न सकेनौं । के चुनावको संघारमा यो प्रश्न अब उठाउनु पर्दैन ?’ अन्नपूर्णले लेखेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया