युक्रेन युद्धविराम गर्न सहमत, अमेरिकाले पनि सहायता जारी राख्ने
काठमाडौं । रुससँग युद्धविराम गर्न युक्रेन सहमत भएको छ । युक्रेनले ३० दिन युद्धविराम गर्न सहमति जनाएपछि अमेरिकाले पनि यसअघि स्थगित गरिएको सहायता पुनः जारी राख्ने भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग जेद्धामा भएको वार्तामा अमेरिकी पक्षले ३० दिन युद्धविराम गर्न प्रस्ताव गरेको थियो । जसमा जेलेन्स्कीले सहमति जनाएका हुन् । त्यस्तै, अमेरिकालाई आफ्नो देशको खनिज स्रोतमा पहुँच दिन पनि युक्रेन सहमत बनेको छ ।
अमेरिकी विदेश मन्त्री मार्को रुवियोले युक्रेन युद्धविरामका लागि सहमत भएको जनाउँदै त्यसका लागि युक्रेन तयार हुनुपर्ने बताएको बिबिसीले जनाएको छ । यद्यपि, रुसले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
युक्रेन आफ्नो प्रस्तावमा सहमत भएपछि अमेरिकाले पनि सैन्य सहायता जारी राख्ने भएको छ । यसअघि ओभल अफिसमा युक्रेनका राष्ट्रपतिसँग नोकझोक चलेपछि अमेरिकाले सबै सैन्य सहायता स्थगित गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया