औषधिमा पनि कर लगाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि ट्यारिफ (कर) लगाउने घोषणा गरेका छन्। देशको करसम्बन्धी नीतिमा व्यापक फेरबदल गरेका ट्रम्पले औषधिमा पनि नयाँ नियम लागू गर्ने घोषणा गरेका हुन् ।
‘हामी एउटा महत्त्वपूर्ण कदम चाल्दैछौं। जब हामी औषधिमा ट्यारिफ लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि बनाउन फर्कनेछन्, किनकि अमेरिका सबैभन्दा ठूलो बजार हो,’ उनले भने ।
उनले यो कदमले औषधि कम्पनीहरूलाई दबाब पर्ने र उनीहरूले चीनजस्ता देशबाट आफ्नो कारोबार सारेर अमेरिकामा कारखाना खोल्ने दाबी गरे ।
गत हप्ता ट्यारिफ घोषणा गर्दा ट्रम्पले औषधिमा छुट दिएका थिए। तर उनी पहिलेदेखि नै औषधिमा छुट्टै ट्यारिफ लगाउने बताउँदै आएका थिए।
विश्वमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा बन्छन्।
केही विज्ञहरूले औषधिमा प्रयोग हुने कच्चा पदार्थमा ट्यारिफ लगाइएको खण्डमा औषधिको मूल्य बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया