NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सस्तो र स्वस्थ्यकर भान्सा : कस्तो खाना बनाउने, केमा खर्च कटौती गर्ने ?

काठमाडौं । हाम्रो भान्सामा पाक्ने खानाले हाम्रो जीवनशैली र स्वास्थ्य कस्तो छ भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ । अहिले अधिकांश व्यक्तिको घरमा स्वास्थ्यकर भन्दा अस्वस्थ र प्रशोधित खाना नै प्राथमिकतामा पर्ने गर्छ ।

जसले दीर्घकालिन रोगहरु पनि दिनानुुदिन व्यक्तिमा बढ्दो छ । सरकारी तथ्यांक हेर्दा नेपालमा पछिल्लो समय नसर्नेरोग बढ्दै गएको पाइन्छ । सन् १९८६ मा जम्मा १.६ प्रतिशत नेपालीमा मोटोपनको समस्या थियो तर २०२२ मा आउँदा ३५ प्रतिशत नेपालीमा मोटोपनको रहेको तथ्यांकले देखाउँछ ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती स्वस्थ खानपानलाई अहिले धेरैजसो व्यक्तिले लापरवाही गरेको पाउँछिन् । जसले गर्दा मुुटुु, मृगौला, मधुुमेह, उच्चरक्तचाप जस्तो नसर्नेरोगहरु बढी रहेको छ ।

‘यसरी नसर्ने रोग बढीरहँदा यसले मानसिक तनाव पनि बढाउँछ । हाम्रो परिवारमा कोही सदस्य बिरामी हुुँदा यसले समग्र परिवारमै तनाव त हुन्छ नै खर्चमासमेत बढ्छ ।’ उनले नेपालवाचको कार्यक्रम कुरा पैसाकोमा भनिन्, ‘ अस्वस्कर जीवनशैलीले अहिले अधिकांश व्यक्ति रोगको सिकार भएका छन् ।’

व्यक्ति स्वस्थ रहदा अझ धेरै फुुर्तिलो र काममा सक्रिय हुुन्छ, जसले स्वास्थ्य त स्वस्थ हुुन्छ नै व्यक्तिको आयस्तरमा पनि सुुधार हुन्छ । जनस्वास्थ्यविद् उप्रेती स्वास्थ्य र आर्थिक पाटोबीचको सम्बन्ध व्यक्तिले अझै बुुझन नसकेको मान्छिन् ।

‘ अस्वस्थर जीवनशैली र खानाले रोग त बढेको छ नै पैसा पनि खर्च भएको छ । हामीले पैसा कमाउँछौं । कमाएको पैसा पनि अस्वथकर खाना किनेर खर्च गछौं र त्यही खानाले बिरामी भएर अस्पताल जान्छौं । अस्पतालको खर्च त कमाएको भन्दा पनि बढी हुन्छ । यो कुुरा बुुझन जरुरी छ । ’ उनले  सुनाइन् ।

स्वस्थ भान्सामा कस्तो खानेकुरा हनुपर्छ त ? 

घरको स्वस्थ खाना भन्दा अहिले भान्सामा पत्रु खाना अर्थात जंक फूड (प्याकेटमा उपलब्ध खानेकुरा, मैदाजन्य वस्तुबाट बनेका जस्तो : चाउचाउ, विस्कुटलगायत) अत्यधिक प्रयोग गछौं ।

यी खानेकुरा खाँदा शारीरीकसँगै मानसिक समस्या पनि अहिले व्यापक रुपमा निम्तिरहेको  विभिन्न तथ्यांकले देखाएको छ । पत्रु खानाले शरीरमा कुनै पनि किसिमको पौष्टिकता दिदैंन् उल्टै यसले शरीरमा नराम्रो बोसो बढाउँछ र रगतकोसमेत कमी हुन्छ ।

अहिले छिटो र बालबालिकाले पनि जंक फूड रोज्ने हुुँदा अभिभावकहरु आफ्ना बालबालिकालाई पत्रुु खाना नै दिने गर्छन् । यसले बालबालिकाको शारीरीक र मानसिक विकासमै समस्या आइरहेको उप्रेती  बताउँछिन् । माछा मासुुमा पाइने प्रोटिन अन्य खानामा हुुँदैन् भन्ने सोच पनि धेरैमा छ । तर माछा मासुुमा जति प्रोटिन हुुन्छन् त्यो अन्य खानामा पनि हुन्छ ।

हामीले साधारण मानिरहेको भटमास, दलहनहरुमा प्रशस्त्र मात्रामा शरीरलाई चाहिने भिटामिन र प्रोटिन पाइन्छन् । कोदो, फापर, जुुनेलोबाट बनेका परिकार,दहीलगायत स्वास्थकाे हिसाबले हेर्दा अझ लाभदायिक  हुन्छ । यस्ता खानामा रेसादारतत्व बढी मात्रामा पाइन्छ । जुन स्वस्थ शरीरलाई अत्यावश्यक छ । पहिलेको खानेकुुरामा स्वत नै रेसादार तत्व हुन्थ्यो । जसले गर्दा कब्जियतको समस्या हुुँदैन्थ्यो । तर अहिले बाह्य प्रशोधित खाना, चिल्लो पिरो पत्रुखानाले कब्जियतको समस्या धेरैमा छ ।

‘हामीले स्वस्थकर खाना खादाँ माटोपनको समस्या, उच्चरक्तचाप, मधुमेहजस्ता समस्याहरु न्युनिकरण हुन्छ । हाम्रो भान्सा पहिलेको तुलनामा अत्यधिक मंहगो भएको छ । तर त्यही महंगाईमा पनि सस्तो र स्वस्थ खाना खान सक्छौं’ उनले भनिन् ।

(कुरा पैसाको नयाँ अंकमा शुुलभ र स्वास्थ्यकर भान्सा बनाउन के गर्ने ?, कस्ता खानेकुरामा जाेड दिने, ? स्वास्थ शरीरकाे लागि के खाने, के नखानेलगायत विषयमा जनस्वास्थ्य विज्ञ अरुणा उप्रेतीसँग कुराकानी गरिएकाे छ । ) 

हेरौं कुराकानीको पूरा अंश :