NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २५ गते

सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल

 

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन सहमतिका लागि प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे दलहरूले निकास नदिएको भन्दै सभामुखले असन्तुष्टि जनाएका छन् । निरन्तरको सदन अवरोधले बजेटमाथिको छलफल सुरु हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै सभामुखले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पार्टी अध्यक्ष ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी गराएका छन् ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र काँग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष