बेलायती प्रधानमन्त्री भारत भ्रमणमा
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन भारतको दुई दिने भ्रमणका लागि बिहीबार अहमदाबाद पुगेका छन् । जोनसनलाई अहमदाबाद एयरपोर्टमा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल आचार्य देवव्रतले स्वागत गरेका थिए ।
विमानस्थलदेखि होटलसम्मको चार किलोमिटर लामो बाटोमा जोन्सनलाई न्यानो स्वागत र रोड शो गरिएको थियो ।
जोनसनलाई लिन विमानस्थलमा राज्यका वरिष्ठ अधिकारी र मन्त्रीहरू पनि उपस्थित थिए । विमानस्थल बाहिरबाट सुरु भएको रोड शो बरिअल, रिभरफ्रन्ट, आश्रमरोड हुँदै आएको थियो ।
भारत र बेलायत दुवैले स्वतन्त्र व्यापार सम्झौताप्रति सकारात्मक दृष्टिकोण देखाउँदै आएका छन् । जोनसनको यो भ्रमणले यस दिशामा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरिएको छ । बेलायत भारतसँगको वार्षिक कारोबार २.८९ लाख करोडमा पुर्याउन इच्छुक छ ।
बेलायती प्रधानमन्त्री बिहीबार गुजरातमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी साँझ दिल्ली प्रस्थान गर्नेछन् । अप्रिल २२ मा मोदीसँग शिखर वार्ता हुनेछ । बेलायती प्रधानमन्त्रीको भारत भ्रमणअघि ‘न्यु एरा ट्रेड डिल’ (अर्ली हार्वेस्ट डिल) बारे धेरै चर्चा भइरहेको छ । यो स्वतन्त्र व्यापार बाहेककाे सम्झौता भनिएको छ ।
UK PM Boris* Johnson arrives in Ahmedabad, Gujarat. He is on a 2-day India visit pic.twitter.com/yzwlX5Dppg
— ANI (@ANI) April 21, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया