संसारकै पहिलो विद्युतीय कारको दुःखान्त

काठमाडौं । इन्धनको मूल्य आकाशिँदा कमजोर अर्थतन्त्र भएका देशहरू ठूलो संकटमा पर्न थालेका छन् । रुस–यक्रेन युद्धले हरेक वस्तुको मूल्य चुलिँदो छ । त्यसैले इन्धनबाट चल्ने सवारी साधनभन्दा विद्युतीय साधनतर्फ मानिस आकर्षित हुन थालेका छन् ।
त्यसो त, पछिल्ला दिनमा विद्युतीय सवारी साधनले बजारमा आफ्नो स्थान बनाइसकेको छ । नेपालमा पनि यस्ता सवारी साधनको प्रयोग बढ्दो छ ।
आज बजारमा स्थापित विद्युतीय कारको इतिहास भने दुःखद् छ । यसका सूत्राधारको सपना सपना सुरुवातमै चकनाचुर भएको थियो । सन् १९९६ मा विद्युतीय कार बनाउने सोच पलायो । बन्यो पनि । तर तयार हुनेबित्तिकै सडकमा ठोक्कियो रसपना चकनाचुर भयो । प्रियस र टेस्लाभन्दा पहिले सन् १९९६ मा कार निर्माता कम्पनी जनरल मोटर्सले पहिलो पटक ठूलो परिमाणमा विद्युतीय कार बनाएको थियो । यसलाई निर्माण गर्न दशकौं र अर्बौं डलर लाग्यो ।
यो संसारको सबैभन्दा ठूलो मास–उत्पादित विद्युतीय कार थियो । दुई पटक बनाउने अफर आएपछि बनेको यो कारलाई मानिसहरूले अत्यन्तै मन पराए । ठूलो परिमाणमा उत्पादन र बिक्री भयो तर पनि यसलाई नष्ट गर्नुप¥यो ।
अनुसन्धानकर्ता इन्जिनियर वाली रिपल भन्छन्, ‘म ६० को दशकमा क्यालटेकको विद्यार्थी थिएँ । त्यतिबेला प्रदूषणका कारण धुँवा यति धेरै थियो कि मान्छे खुसी हुँदा पनि आँखाबाट आँसु झथ्र्यो । प्राविधिक रूपमै कसरी त्यहाँको समस्या समाधान गर्ने भनेर म सोच्थेँ ।
त्यसक्रममा प्रदूषण कम गर्ने उपायबारे छलफल भए । सवारी साधनबाट हुने प्रदूषण कम गर्नेबारे माथापच्ची चल्यो । विद्युतीय कार पेट्रोलबाट चल्ने सवारी साधनको उत्तम हुनसक्छ भन्ने विकल्प प्रस्तुत भयो ।
विद्युतीय कारका लागि सन् १९८५ मा ‘इलेक्ट्रोस्पिरिट’ प्रस्ताव आएको थियो । तर रकम जुगाड भएन । त्यो प्रस्ताव असफल भए पनि पछि अर्को प्रयास भयो ।
विद्युतीय कार कसरी बन्यो ?
सन् १९८७ मा जनरल मोटर्सले अन्य कम्पनीहरूसँग मिलेर सौर्य ऊर्जाबाट चल्ने रेसिङ कार ‘सनरेसर’ बनाएको थियो । यो सौर्य ऊर्जाबाट चल्ने विश्वकै पहिलो बनेको छ ।
वेली रिपल भन्छन्, ‘सौर्य ऊर्जाबाट चल्ने गाडीको लागि एउटा क्रान्तिकारी डिजाइन थियो । सनरेसरले यति राम्रो काम ग¥यो कि यसले डेढ दिनमा नै दौड जित्यो । हामीले जनरल मोटर्सलाई उनीहरूसँग काम गर्नुपर्ने बतायौं । त्यसपछि
हामीले दोस्रो प्रस्ताव दियौं । जसको नाम थियो ‘इम्प्याक्ट प्रपोजल’ ।’
‘हामीले यात्रुवाहक सवारी साधन बनाउनु थियो, जुन राम्रोसँग प्रयोग गर्न मात्र नभई चलाउन पनि रमाइलो होस् भन्ने थियो । त्यसपछि गाडीलाई आठ सेकेण्डमा ६० माइल प्रतिघण्टाको गतिमा बढाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुग्यौं ।’
‘योस्तरको क्षमता कुनै पनि विद्युतीय सवारीमा कहिल्यै देखिएको थिएन । मैले यस्तो केही ड्राइभ गर्न सपनामा मात्रै देखेको थिएँ । यसको गति अचम्मको थियो । म त्यतिबेला यति धेरै उत्साहित थिएँ किनभने, हाम्रो सोच वास्तविकतामा परिणत भइरहेको थियो,’ उनले थपे ।
अमेरिकाको क्यालिफोर्नियामा हावाको गुणस्तरसम्बन्धी कडा नियमहरू थिए । तर लस एन्जलसले ती पूरा गर्न सकेको थिएन । क्यालिफोर्निया एयर रिसोर्स बोर्डले कारको बारेमा पत्ता लगायो । त्यसपछि बोर्डले अनिवार्य कर लगायो र बेचेको कारको दुई प्रतिशत शून्य उत्सर्जन हुनुपर्छ भनेर आदेश दियो ।
बोर्डसँग छलफल गरे तर जनरल मोटर्सको नाम भने नबताएको वाली रिपल बताउँछन् । उनले केवल एक ठूलो कार कम्पनी मात्र बताए ।
क्यालिफोर्निया एयर रिसोर्स बोर्डका द्राचन्द भन्छन्, ‘मनिसहरूका लागि त्यतिबेला इलेक्ट्रिक करहरू गल्फ फिल्डेड सवारी साधनहरू दैनिक प्रयोग हुने सवारी साधन थियो । यसलाई जनरल मोटर्सले ‘इम्प्याक्ट’ मार्फत प्रमाणित गरिदिएको थियो कि यदि गर्मीलाई सही दिशामा ट्याप गरियो भने उत्पादन गर्न सकिन्छ ।
विद्युतीय कारको चर्चा बढेसँगै जेडइभी मेडेटले प्रोत्साहन पायो । जनरल मोटर्सले विद्युतीय कार र इभी १ आई बजारमा ल्यायो । मानिसहरूले यसलाई व्यक्तिगत र व्यावसायिक उपयोगको लागि किन्न थाले । ड्राइभरहरूले इभी १ को ५ सय डलर प्रति भाडामा एक महिनामा लिने गर्थे । वाली रिपल भन्छन्, ‘यो गाडीले चलाउने मान्छेको मात्रै होइन, इन्जिनियरहरूको पनि कल्पनालाई उडाएको छ । अब यो कार बनेको छ, राम्रो छ तर यसलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ भनेर सोच्नुपर्ने आवश्यकता छ ।’
किन फिर्ता गरियो विद्युतीय कार ?
भ्याली रिपलका अनुसार, जनरल मोटर्सले इभी १ बनाउन अर्बौं डलर खर्च गरेको छ । यस्ता मानिसहरू पनि थिए जो यसलाई सकेसम्म चाँडो रोक्न चाहन्थे ।
पेट्रोल कार निर्माताका लागि इलेक्ट्रिक कारहरू उत्सर्जनमुक्त हुनुका फाइदाहरूको बारेमा कुरा गर्न गाह्रो छ । किनभने, यस तरिकाले तपाईंका अन्य उत्पादनहरूले आवश्यकता पूरा गर्दैनन् । यस्तो अवस्थामा इभी १ फाइदाजनक नहुने निष्कर्ष निकालिएको थियो ।
सन् २००४ मा सबै इभी १ कार फिर्ता लिइयो र नष्ट गरियो । कार मालिकहरूबाट उनीहरूको इलेक्ट्रिक कार फिर्ता लिइरहँदा हलिउडमा शोकसभा पनि आयोजना गरिएको थियो ।
वाली रिपलले सो समयमा भने, ‘मलाई लाग्छ कि हामीले देशको रूपमा गलत कदम चालिरहेका छौं । आशा छ, हामीले यो महसुस गर्नेछौं र हामी फेरि प्रगतिको दिशामा अगाडि बढ्नेछौं ।’
उनी भन्छन्, ‘इभी १ को विनाश वा विद्युतीय सवारीको युगको अन्त्यले हामीलाई कार्बन उत्सर्जनमुक्त कारहरू बनाउने प्राविधिक संघर्षमा वर्षौंपछाडि धकेलिदिएको छ । हामीले त्यसो नगरेको भए हुन्थ्यो । म चाहन्छु कि कसैले यसो भन्न सक्छ । हो, हामी पैसा खर्च गर्दैछौं तर हामीसँग एउटा दर्शन छ । मलाई लाग्छ, जनरल मोटर्स आज टेस्ला जहाँ छ, त्योभन्दा अगाडि हुने थियो ।’
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया