एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरपालिकाका उम्मेदवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले धनराज आचार्यलाई पोखरा महानगरपालिकामा प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको सोमबार बिहान बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको हो ।
पोखरा वडा नम्बर ५ मा घर भएका आचार्य व्यापारी पृठभूमिका व्यक्ति हुन् । यसअघि मंगलबार बसेको उक्त पार्टीको पोखरा महानर कमिटीले आचार्यसहित पोलिटब्यूरो सदस्य दिलकुमारी पन्त र श्रीनाथ बराललाई प्रमुखको उम्मेरामा सिफारिस गरेको थियो ।
त्यस्तै हेटौंडा उपमानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाइएको छ । काठमाडौं महानगरपालिका उपप्रमुखको उम्मेदवार रामेश्वर श्रेष्ठले पाएको छ । यसैगरी इटहरी उपमहानगरपालिका उपप्रमुखको उम्मेदवार केशवकुमार विष्टले पाएका छन् ।
बुटवल उपमहारनगरपालिका उपप्रमुखको उम्मेदवार चिनबहादुर गुरुङलाई बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका उपप्रमुखमा जोगबहादुर रानामगरलाई बनाउने निर्णय गरेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया