मेयरको उम्मेदवारी दर्तालगत्तै यस्तो छ स्थापितको जितको हिसाब
काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले जित सुनिश्चित भएको दाबी गरेका छन् ।
आफ्नोविरुद्ध आएको गठबन्धनको उम्मेदवारीप्रति टिप्पणी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘मेरो जित निश्चित छ । प्रक्रियाका लागि मात्रै मतदान कुर्नुपरेको हो । काठमाडौं महानगरपालिकामा कांग्रेसको भोट पञ्चायतकाल देखिनै ४५ हजार छ । यो संख्या कांग्रेसको स्थायी मत हो’, उनले भने ।
तर यसपाली यो संख्या पनि खुस्काउने स्थापितको दाबी छ ।
गठबन्धनमा माओवादीको करिब ७ हजार भोट आउँदा गठबन्धनका उम्मेदवारले ५२ हजार मत पाउँछन् । त्यसमा नेकपा एसबाट बढीमा चार हजारसम्म मत थपिन सक्ने स्थापितको अनुमान छ । यसो हुँदा गठबन्धनको उम्मेदवारले जम्मा ५८ हजारसम्म मत पाउने स्थापितको अनुमान छ ।
आफूले ०५४ सालको निर्वाचनमै ८४ हजार मत ल्याएको जानकारी दिँदै उनले यसपटक एक लाखभन्दा बढी मत ल्याएर निर्वाचित हुने दाबीसमेत गरेका छन् । आफ्नो उम्मेदवारी दर्तासँगै ‘गेम ओभर’ भएको भन्दै उनले भने, ‘मतदानका लागि मात्रै कुर्नुपरेको हो ।’
काठमाडौंमा एमालेबाट मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया