गठबन्धनको तर्फबाट भरतपुर महानगरमा रेनु दाहालको उम्मेदवारी दर्ता
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मेयरका लागि मनोनयन दर्ता गरेकी छन् ।
सोमबार माओवादी केन्द्रको पार्टी कार्यालयबाट समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।
गत निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग २०३ मतान्तरले जितेकी दाहालले यो पटक विजय सुवेदीसँग प्रतिस्पर्धा गर्दै छिन् ।
तर कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परिसकेकाे छ ।
कांग्रेसका पूर्व सांसद जगन्नाथ पाैडेलले उम्मेदवारी दर्ता गराएका हुन् । उनकाे उम्मेदवारी फिर्ता गराउन नसके एमालेसँग प्रतिस्पर्धा गर्न रेनुलाई कठिन पर्नेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया