कराँची विश्वविद्यालयमा विस्फोट, चिनियाँ शिक्षकसहित ४ को मृत्यु
कराँची । पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा ३ जना चिनियाँ शिक्षकसहित ४ को मृत्यु भएको छ । बम विस्फोट विदेशी मामिला संकायको कन्फ्युसियस सेन्टरनजिकै एउटा गाडीमा विस्फोट भएको थियो ।
विस्फोटमा नवनियुक्त निर्देशक एवं दुई शिक्षकको मृत्यु भएको छ । त्यस्तै, गाडीका चालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमध्ये हुआन गुइपिङ, दिङ मुइपिङ र चेन साइ रहेका छन् ।
गुइपिङ सेन्टरका निर्देशक थिए भने दिङ मुपेङ र चेन साई सेन्टरमा पढाउँथे । मृत्यु भएका चालक खालिद रहेका छन् । विस्फोटमा एक चिनियाँ नागरिक र स्थानीय नागरिक पनि घाइते भएका छन् ।
सुरक्षामा खटिएका दुई रेन्जर पनि घाइते भएका छन् । घाइतेहरुलाई पटेल अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरी अनुसन्धान गरिरहेको छ । विष्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया