क्यानाडाले पनि युक्रेनमा दूतावास पुनः खोल्ने
क्यानडा । क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताएको जनाइएको छ ।
क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौं, मलाई लाग्छ अब युक्रेनमा अवस्था सामान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान् ।’
क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो । त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्याण्ड पठाएको थियो ।
अहिले राजधानी किएभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ । त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन् । यसअघि अमेरिकाले पनि दूतावास खोल्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया