रुसी सेनाको घेरामा रहेको सहरबाट पहिलोपटक सर्वसाधारणलाई बाहिर निकालियो
किएभ । शनिबार युक्रेनी सहर मरिउपोलबाट २० नागरिकको एउटा समूहलाई एक औद्योगिक क्षेत्रबाट बाहिर निकालिएको छ । त्यहाँ झन्डै एक हजार मानिस फसेको हुन सक्ने बताइएको छ ।
युक्रेनको दक्षिणी सहर मरिउपोलमा रहेको एजोवस्तल स्टीलवर्क्स क्षेत्र अझै पनि युक्रेनी सेनाको नियन्त्रणमा छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता यस विशाल औद्योगिक क्षेत्रलाई सिल गर्ने आदेश जारी गरेपछि त्यहाँबाट पहिलोपटक २० जनाको व्यक्तिलाई बाहिर निकालिएको हो ।
त्यहाँ फसेका एक हजार व्यक्तिलाई मुक्त गर्न वार्ता भइरहेको बताइएको छ । यसैबीच रुसले युक्रेनको पूर्वी भागमा आफ्नो आक्रमणलाई तीव्रता दिएको घोषणा गरेको छ ।
तर रुसी मिडियाका अनुसार करिब २५ जना सर्वसाधारण यहाँबाट कुनै न कुनै रूपमा बाहिर निस्कन सफल भएका छन् । यीमध्ये ६ बालबालिका १४ वर्षभन्दा कम उमेरका छन्, तर त्यो टोली कहाँ गयो भन्ने खुलेको छैन ।
स्टिलवर्क भित्रका सैनिकहरू करिब २० जनालाई त्यहाँबाट गएकाे पुष्टि गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया