सामाजिक सञ्जालमा मिथ्या समाचार सम्प्रेषण गरेमा कारबाही हुने आयोगको चेतावनी

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनलाई प्रत्यक्ष रुपमा असर पर्ने गरेर सामाजिक सञ्जालमा गलत र तथ्यहीन समाचार आइरहेकोमा आपत्ति जनाएको छ । यस्ता भ्रामक समाचार सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता र गरिमामासमेत आँच पुग्ने भएकाले यस्ता क्रियाकलाप नगर्न, नगराउन आयोगले चेतवानी दिएको छ ।
आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । साथै आयोगले
निर्वाचन आचारसंहिता विपरित जानेलाई निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।
आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्वक सम्पन्न होस् भन्नका लागि पत्रकार सम्मेलन गरेको जानकारी गराएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया