भेन्टिलेटरमा रहेका विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएर ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माको रिपोर्ट नेगेटिभ आएको छ । साथै, विश्वकर्माले इशाराले डाक्टरसँग कुरा गर्न थालेको दलित संघका सचिव दिपक सोनीले जानकारी दिए । ‘मीन दाईले हात उठाएर डाक्टरसँग इशारा गर्नुभएको जानकारी अस्पतालले गराएको छ । भेन्टिलेटरमैं भएकोले बोल्न नसक्नुभएको हो’ सोनीले भने, ‘उहाँको अवस्था सुधारोन्मुख हुँदै गएको जानकारी डाक्टरहरुले गराउनुभएको छ ।’ यस अघि उपचारको लागि भारत लाने चर्चा चले पनि अहिले तत्काल त्यस्तो कुनै तयारी नरहेको जानकारी सोनीले दिए । १ कात्तिकमा कोरोना देखिएपछि विश्वकर्मा ८ कात्तिकसम्म घरमैं आइसोलेसनमा बसेका थिए । तर, संक्रमणले गाह्रो भएपछि वीर अस्पतालमा भर्ना भए । वीरमा तीन दिन बस्दा पनि स्वास्थ्यमा सुधार नआएपछि ग्रान्डी अस्पतालमा भर्ना भई भेन्टिलेटरमा राखिएको थियो । याे पनि पढ्नुस् कोरोनापछि भेन्टिलेटरमा राखिएका कांग्रेस नेता विश्वकर्माकाे अवस्था उस्तै
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया