सुनिलबहादुर थापा कांग्रेसका सह–महामन्त्री

काठमाडौं । कांग्रेसले राप्रपाबाट पार्टी प्रवेश गरेका सुनिलबहादुर थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको जानकारी नेता रामचन्द्र पौडेलले दिए । थापा बाहेक राप्रपाबाट आएका अन्य ६ जना नेतालाई पनि कांग्रेसको केन्द्रीय सदस्य बनाउन सहमति भएको जानकारी उनले दिए । पाँच केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा सिन्धुपाल्चोक, किरण गिरी काठमाडौं, बाबुराम बस्नेत भोजपुर, रामकृष्ण भट्टराई मोरङ, वृजलाल यादव बारा र टि.एन. योगी ललितपुर छन् । दिलिप राई झापा, आशाराम चौधरी कैलाली र राजेशबहादुर सिंह कपिलवस्तुबाट आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् । क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय भएको भन्दै उनले मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउनेबारे निर्णय भएको जानकारी पनि दिए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया