सरकारको निरंकुशता र दमनविरूद्ध कांग्रेसले २९ मंसिरमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको दमनकारी गतिविधि र बढ्दो भ्रष्टाचारको विरोध गर्दै आगामी मंसिर २९ मा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । दुई दिन अघि नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्न जाँदा पक्राउ गरेर अधिनायकवादी चरित्र सरकारले देखाएको भन्दै पदाधिकारी र पूर्व पदाधिकारी बैठकले विरोधमा देशभरि नै विरोध कार्यक्रम गर्न लागेको जानकारी सह-महामन्त्री डा. प्रकाशशरण महतले दिए । संसदको बैठक तत्काल बोलाएर अनियमितता र भ्रष्टाचारको छानविन गर्न, कोभिड नियन्त्रणको लागि प्रभावकारी काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी उनले दिए । नेता पौडेलले तनहुँमा आफ्नो कार्यक्रममा सत्तारुढ दलका तर्फबाट अधिनायकवादी शैलीमा आक्रमण भएकाे बताएका थिए । उनले आफ्नो छाती र करङमा अझै पनि समस्या रहेको बताएका थिए ।बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले पौडेल शारिरिक रुपमा अस्वस्थ देखिएको बताए ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया