NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

बाराको पर्साकट्टी दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

युनिक यादव (बारा)– बाराको पर्साकट्टी दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय घोषित भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ कट्टीपर्सामा मधेश प्रदेशको तेस्रो तथा बाराको दोस्रो सुरक्षित खानेपानी युक्त समुदाय घोषित गर्दै पर्साकट्टी खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरप्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

८२ लाख ५६ हजार ८ सय ५७ रुपैया लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । जसमा कलैया उपमहानगरपालिकाले १२ लाख १९ हजार ३९ रुपैयाँ , युनिसेफ , जनजागरण युवा क्लब बाराले ६२ लाख २५ हजार १ सय २४ रुपैयाँ , समुदायले ८ लाख १२ हजार ६ सय ९३ रुपैयाँ योगदान गरेका छन् ।

२०१९ जुलाईमा डिजाइन गरिएको आयोजनाको काम ११ फेब्रुअरी २०२० मा शुरु भएको थियो भने १० अप्रिल २०२१ सम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

भूमिगत लिफ्ट पद्दती मार्फत जमिन मुनिको पानी ४० हजार लिटर क्षमताको ट्याङकीमा भरेर १८५ घरधुरीलाई वितरण गरिने नगर प्रमुख राजेश राय यादवले बताए ।

उक्त स्थानमा हाल १८५ घरधुरी रहेकोमा १४७९ जनसंख्या , एउटा बिधालय , तीन वटा सामुदायिक भवन , १र१ वटा स्वास्थ्य चौकी र मन्दिर रहेको छ । खानेपानी योजना सञ्चालनमा आएपछि उक्त वडाका समुदाय निकैन हर्षित छन् । यसअघि उक्त समुदायलाई खानेपानीका लागि निकै सास्ती थियो ।

यस भन्दा अघि गत असोज २ गते मधेस प्रदेश का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बारा जिल्लाको प्रथम एवं मधेस प्रदेशको दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय बसतपुरलाई घोषणा गरेका थिए ।

मधेश प्रदेशमा यसअघि सिराहाको धनगढीमाई नगरपालिकाको दुरविनडाँडा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भइसकेको छ ।