NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

यस्ता छन् स्क्रिन टाइम कम गर्ने उपाय

जकल फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउनु मानिसको दिनचर्या बनेको छ । डिजिटल युगसँगै अधिकांशको समय स्क्रिनमै बित्न थालेको छ । साथै, अफिसको काम गर्नेको दैनिकीसमेत स्क्रिनमै बित्ने गर्छ । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थानमा बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वाभाविक रूपमा देखिन्छ । मानसिक थकान अर्को चुनौती हो । त्यसैले, यस्ता समस्या आउन नदिन स्क्रिनमा बित्ने समय घटाउनुपर्छ । यसका लागि यस्ता उपाय अपनाउन सकिन्छ :

समय–समयमा ब्रेक लिने

काम गर्ने क्रममा लामो समयसम्म डेस्कटप वा ल्यापटप चलाइरहनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा केही घन्टाको अन्तरालमा ब्रेक लिनु उचित हुन्छ । घन्टौँसम्म स्क्रिनमा रहँदा आँखा र टाउको दुख्ने समस्या देखिने गर्छ । साथै, यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ । यसर्थ, समय–समयमा बे्रक लिएमा मानसिकसँगै शारीरिक समस्यासमेत आउन पाउँदैनन् ।

समस्या पहिचान गर्ने

मोबाइल, ट्याब्लेट, टिभी कुन उपकरणमा हाम्रो समय बढी समय व्यतीत हुन्छ । यसमा खर्चिने अनावश्यक समयलाई बिस्तारै घटाउन सकिन्छ । प्रविधिले हामीलाई भौतिक दुनियाँबाट लामो समयका लागि भर्चुअल दुनियाँमा संलग्न गराइरहन सक्छ । प्रविधियुक्त उपकरणको प्रयोग कुनै पनि समय कुलतमा परिवर्तन हुन समय लाग्दैन । बढी समय बित्ने उपकरणको प्रयोग कम गर्नुपर्छ ।

राति मोबाइल चलाउनु स्वास्थ्यका दृष्टिले हानिकारक रहेको विज्ञहरूको भनाइ छ । राति सुत्नुभन्दा एक घन्टाअघि मोबाइलबाट टाढा रहन उनीहरू सल्लाह दिन्छन् ।

तालिका बनाउने

राति मोबाइल चलाउनु स्वास्थ्यका दृष्टिले हानिकारक रहेको विज्ञहरूको भनाइ छ । राति सुत्नुभन्दा एक घन्टाअघि मोबाइललाई टाढै राख्न उनीहरू सल्लाह दिन्छन् । मोबाइल तथा अन्य यान्त्रिक उपकरणले पैदा गर्ने किरणले निद्रालाई बाधा गर्छ । त्यस्तै, बिहान उठ्नेबित्तिकै पनि मोबाइल नचलाउन विज्ञहरूले सुझाब दिएका छन् । बिहानैदेखि स्क्रिनमा रहनुपर्ने मानिसले बीच–बीचमा ब्रेक लिने तालिका बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

विकल्प खोज्ने

टिभी र इन्टरनेटको दुनियाँबाहिर पनि मनोरञ्जनका धेरै साधन छन्, जसबाट हामी लकडाउनको दैनिकी कटाउन सक्छौँ । किताब पढ्ने, खाना बनाउने, व्यायाम गर्ने, घरायसी काममा मद्दत गर्नेजस्ता विभिन्न काममा समय बिताउन सकिन्छ । साथै, यसको विकल्प फोन कल पनि हुन सक्छ । मनोविद्का अनुसार भिडियो कलमार्फत गफ गर्दा हाम्रो ध्यान कुराको गहिराइमा भन्दा स्क्रिन तथा आफ्नै अनुहारमा बढी केन्द्रित हुने गर्छ । यसकारण, निकटताको स्क्रिनभन्दा फोन कलमार्फत कुराकानी गर्नु उचित हुन्छ । उनीहरूका अनुसार स्क्रिनबाट केही समय टाढा रहनु शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष