बिबिसी रिपोर्ट– चीनले नेपाली भूमि अतिक्रमण गर्यो

काठमाडौं । बिबिसीले सरकारी प्रतिवेदनको हवाला दिँदै चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको छ । नेपाल सरकारको आफ्नो भूमि चीनबाट मिचिएको यो पहिलो दाबी भएको समाचारमा उल्लेख छ ।
हुम्लामा चीनले सीमा अतिक्रमण गरेको दाबीलगत्तै अनुगमन गरेर प्रतिवेदन तयार पारिएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले भने चीनले कुनै पनि अतिक्रमण नगरेको दाबी गरेको छ ।
उक्त गोप्य प्रतिवेदन सार्वजनिक भएपछि नेपालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकी मुलुकसँगको कुनै पनि सीमा समस्या कूटनीतिक माध्यमबाटै हल गरिने बताएका छन् ।
‘भारतसँग होस् वा चीनसँग, हाम्रो सीमामा कुनै पनि समस्या भएमा कूटनीतिक माध्यमबाट सामाधान गर्छौं । यस्ता समस्या आउन नदिन नेपाल सरकारले सधैं पहल गर्नेछ,’ उनले काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।
उक्त प्रतिवेदन नेपाल सरकारले सार्वजनिक नगरेकोबारे स्पष्ट नभएको बिबिसीले जनाएको छ । प्रतिवेदनमा चीनसँग नेपालको बढ्दो सम्बन्धलाई दबाब दिने सम्भावना रहेको जनाइएको छ ।
बिबिसीले हात पारेको उक्त प्रतिवेदनमा चीनले नेपालीलाई आफ्नै सीमासम्म समेत बेलाबेलामा जानबाट रोकेको उल्ल्ेख छ । त्यस्तै, नेपाल–चीन साझा स्तम्भमा चिनियाँ पक्षले तारबार लगाएको पाइएको छ । स्तम्भबाट दश मिटरभित्र कुनै स्थायी संरचना बनाउन नपाइने भए पनि चीनले उत्तm प्रोटोकोल मिचेको जनाइएको छ ।
प्रतिवेदनमा जनाइएअनुसार त्यहाँका स्थानीय नेपालीहरू प्रायः सीमा समस्याबारे कुरा गर्न हिच्किचाउँथे, किनभने उनीहरूमध्ये केही सीमापार चिनियाँ बजारमा परनिर्भर थिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया