जुम्लालाई डाक्टरी पढ्न थप १० सिट

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलगायतको सिट निर्धारण गरेको छ ।
गत वर्षदेखि एमबिबिएस पठनपाठन गराउन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सिट थपिएको छ । गत वर्ष २० जना विद्यार्थी पढाएको यो वर्ष ३० जना विद्यार्थीलाई एमबिबिएस पढाउन पाउँछ । बिएनएस, बि मार्फेसी र बिपिएच पठनपाठन गराउन २०–२० सिट तोकिएको छ । गत वर्षभन्दा स्नातक तहमा ३ सय ९ सिट थप गरिएको आयोगले जनाएको छ ।
एमबिबिएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिटसहित देवदह मेडिकल कलेजमा ५० सिट तोकिएको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया