देशभरका सयभन्दा धेरै गुण्डा निगरानीमा

काठमाडौं । निर्वाचनका बेला गुण्डागर्दीमा संलग्न व्यक्तिको प्रयोग हुनसक्ने भएकाले प्रहरीले गुण्डामाथि निगरानी बढाउन थालेको छ । यस्ता व्यक्तिहरूको सूची नै बनाएर निगरानी गरिएको हो ।
चुनावमा सुरक्षा चुनौती दिनसक्ने व्यक्तिहरू निगरानीमा रहेको काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले बताए ।
‘विगतमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू निगरानीमै छन्,’ उनले भने, अहिलेसम्म कसैले पनि त्यस्ता गतिविधि गरेको सूचना छैन ।’
प्रहरी प्रधान कार्यालयले आइतबार गरेको परिपत्रमा विभिन्न व्यक्ति र समूहबाट आपराधिक तथा हिंसात्मक गतिविधि हुनसक्ने भन्दै त्यस्ता व्यक्ति र समूहमाथि निगरानी गर्न भनिएको छ । विगतमा जस्तो यस वर्ष चुनावमा गुण्डागर्दी नदेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । अन्तरपार्टी कार्यकर्ताबीच केही जिल्लामा सामान्य झडपका घटना मात्र भएको उनको भनाइ छ । विगतमा प्रहरीले‘ए’ श्रेणीका गुण्डाको सूचीमा राखेका कतिपय व्यक्तिहरू अहिले आफैं सक्रिय राजनीतिमा लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया