पूर्वप्रमुख आयुक्त यादवको निष्पक्षतामाथि आयाेगकै शंका
काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको निष्पक्षतामाथि शंका गरेको छ ।
आयोगले यादवलाई पर्यवेक्षकको रूपमा अनुमति दिन अस्वीकार गर्दै उनको निष्पक्षतामाथि शंका गरेका हो ।
पर्यवेक्षकको भूमिका निर्वाह गर्ने व्यक्ति कुनै पनि दलमा आवद्ध भएको हुनु हँदैन । तर, यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएकोबारे आपत्ति जनाउँदै उनलाई पर्यवेक्षकको रूपमा अस्वीकृत गरिएको हो ।
निर्वाचनको बेलामा आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाश पाइसकेका विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको अनुमति दिँदै आएको छ ।
माओवादीको केन्द्रीय निर्वाचन विभागको सदस्यमा यादवको नाम उल्लेख भएको पाएसँगै उनको नाम अस्वीकृत भएको हो ।
यता यादवले भने आयोगले आफ्नो नाम अस्वीकार गरेर आफूमाथि घोर अन्याय गरेको नेपालवाचलाई बताए । उनका अनुसार पार्टीले उनको स्वीकृतिबिना नै नाम सूचीमा राखेको हो ।
‘मलाई थाहै नदिइ उक्त सूचीमा मेरो नाम राखिएको रहेछ,’ उनले भने, ‘कुन पार्टीले मेरो नाम राखेको रहेछ यसबार मलाई नै कुनै जानकारी छैन ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया