ताप्लेजुङमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या
काठमाडौं । ताप्लेजुङमा नेकपा (एमाले)का एक कार्यकर्ताको हत्या भएको छ ।
एमाले कार्यकर्ता विमल कार्कीको मिक्वाखोला गाँउपालिका वडा नम्बर १ खोक्लिङमा बुधबार साँझ हत्या भएको हो ।
शुक्रबार हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा उनलाई अपहरण गरेर शारीरिक र मानसिक यातना दिइ क्रुरतापूर्वक हत्या गरिएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पत छ र राजनीतिक पनि रहेको आशंका छ । अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया