स्थानीय तह निर्वाचनको मतदान सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । निर्धारित कार्यतालिकाअनुसार अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनाएको छ ।
शुक्रबार बिहानैदेखि देशभरका मतदानस्थलमा मतदाता लाममा उभिएका छन् ।
मतदान बिहान सात बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् ।
थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्ण रूपले सफल बनाइदिन आग्रह गरे ।
देशभरका ७५३ स्थानीय तहका सबै पदमा गरी १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा पुरुषको संख्इा ८९ हजार ३१३ र महिलाको ५५ हजार ६९८ छ ।
मतदाताले आफ्नो मतादेश प्रयोग गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
प्रतिक्रिया